दफा १०८
छोरा, छोरी वा पितृत्व दाबी गर्नु पर्ने

(१) पितृत्व वा मातृत्वको ठेगान नभएको शिशु आफ्नो छोरा वा छोरी हो भनी दाबी गर्नु पर्दा त्यस्तो शिशु जन्मिएको वापहिचान भएको मितिले दुई वर्षभित्र गरिसक्नु पर्नेछ ।
(२) पितृत्वको ठेगान नभई जन्मिएको शिशुको पितृत्व दाबी गर्नु पर्दा त्यस्तो शिशु जन्मिएको मितिले दुई वर्षभित्रगरिसक्नु पर्नेछ । तर त्यस्तो शिशुकै मृत्यु भई सकेपछि दाबी गर्न सकिने छैन ।